संसद् बैठक
यो ट्रायलमात्र हो, नेताहरू लुक्ने ठाउँ खोज्नुहोला : सांसद कार्की
मङ्गलबार, २७ फागुन २०८१, १४ : ०३
काठमाडौँ । राप्रपा सांसद रोशन कार्कीले फागुन २५ गते राजाको समर्थनमा निस्किएको भीड ट्रायलमात्र भएको भन्दै आगामी दिनमा राजाको पक्षमा यस्तो भीड बढ्दै जाने भएकाले गणतन्त्रवादीहरू लुक्ने ठाउँ खोज्दै गर्न आग्रह गरेकी छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भनिन् ‘एकजना मित्रले भूत देख्नुभएछ । लेनिनको भूत हो की माओवादीको भूत हो प्रश्न गर्न चाहन्छु ?’, उनले भनिन् ‘अर्का मित्रले राजाको जयजयकार गरेको र नेताहरू जिल्ला जाँदा मुर्दावाद भनेको सुन्नुभएन होला । यो त मित्र ट्रायल मात्र हो ।’
उनले आगामी दिनमा राजाको पक्षमा ७३ जिल्लाका मन्छे थपिए नआत्तिन सुझाव समेत दिइन् ।
‘त्यसबेला लुक्ने ठाउँ खोज्नुहोला । २५ गतेको भिड नालायक सरकारले जन्माएको हो । जति दिन यो सरकारमा बस्नुहुन्छ त्यति भीड बढ्दै जानेछ’, कार्कीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण