कर्णाली चिनाउन चलचित्र उपयुक्त माध्यम हो : प्रदीप खड्का
काठमाडौँ । अभिनेता प्रदीप खड्काले कर्णालीलाई विश्वमा चिनाउन फिल्म उपयुक्त माध्यम हुने बताएका छन् । उनले यसका लागि आफू सद्भावना दूतका रूपमा अघि बढ्न तयार रहेको धारणा राखे ।
‘कणाली चिनाउन यहाँका उत्पादन समेत ब्राण्डीङ गर्नु पर्नेछ’, उनले भने । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सोमबार समापन कार्यक्रममा अभिनेता प्रदीपको अलवा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी पनि त्यहाँ पुगेका थिए । डिसीले कर्णाली र यसको आसपासका क्षेत्रमा चलचित्र विकासका लागि ठोस कदम चाल्न आवश्यक रहेको बताए । उनले कर्णालीलाई चलचित्र हब बनाउन बोर्डको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कर्णाली प्रदेशको दैलेखको गुराँस गाउँपालिकामा आयोजित महोत्सव नेपाली चलचित्रको प्रवर्द्धन, विकास र चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्न कर्णाली क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाउँदै महोत्सव आयोजना गरिएको थियो ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको समेत सहभागिता रहेको महोत्सवमा फिल्म ‘प्रकाश’ र ‘पुजार सार्की’का लेखक विकास सुवेदी, कर्णाली गाउँपालिका अध्यक्ष टोप बहादुर बिसी, साहित्यकार डा. महेन्द्र कुमार मल्ललगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण