दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
चितवनबाट मनहरीतर्फ आउँदै गरेको ग११प ९६२८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फबाट आउँदै गरेको बाप्र ०३–००१ क ०८२७ नम्बरको खाली मिक्सर ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार बाराको कोल्बी नगरपालिका–५ निवासी ३४ वर्षीया सरितादेवी चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते सरितालाई उपचारको लागि हेटौँडा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सोही दुर्घटनामा परेर घाइते मोटरसाइकल चालक मृतक सरिताका श्रीमान् ३५ वर्षीय शिवकुमार चौधरी र चौधरीको साढुभाइको छोरा ५ वर्षीय अंशकुमार चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई दिने मिक्सर ट्रक र ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी ४९ वर्षीय धनबहादुर सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण