युक्रेनसँग अस्थायी युद्धविरामको सहमतिपछि पुटिनसँग कुरा हुने आशामा ट्रम्प
वासिङ्टन डीसी । अमेरिका र युक्रेनबिच युक्रेनमा जारी युद्ध ३० दिनसम्म स्थगित गर्ने सहमति भएको छ । साउदी अरबमा दुवै पक्षका प्रतिनिधिहरूबिच हालै घणटौँसम्म भएको छलफलपछि युक्रेन ३० दिने युद्धविराम प्रस्ताव मान्न राजी भएको थियो ।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा रुसी समकक्षी भ्लादिमिर पुटिनसँग कुराकानी गर्ने आशा व्यक्त गरेका थिए । पुटिनले उक्त प्रस्ताव मान्ने आशा पनि उनले गरेका थिए ।
प्रस्तावमा दुवै पक्ष राजी हुन जरुरी भएको भन्दै केही दिनभित्र सम्झौतामा सहमति जुट्ने आशामा ट्रम्प थिए । ‘भोलि रुससँग हाम्रो ठुलो छलफल छ, र आशा गरौँ यसमा केही राम्रै कुराकानी हुनेछ,’ उनले भने ।
अहिलेसम्म रुसले ३० दिने युद्धविरामको प्रस्तावमा कुनै प्रतिक्रिया दिएको छैन । आगामी केही दिनभित्रै रुसले अमेरिकी प्रतिनिधि मण्डलसँग छलफल गर्नेछ भनेर रुसले निर्णय गरिनसकेको रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण