युक्रेनसँग अस्थायी युद्धविरामको सहमतिपछि पुटिनसँग कुरा हुने आशामा ट्रम्प

वासिङ्टन डीसी । अमेरिका र युक्रेनबिच युक्रेनमा जारी युद्ध ३० दिनसम्म स्थगित गर्ने सहमति भएको छ । साउदी अरबमा दुवै पक्षका प्रतिनिधिहरूबिच हालै घणटौँसम्म भएको छलफलपछि युक्रेन ३० दिने युद्धविराम प्रस्ताव मान्न राजी भएको थियो ।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा रुसी समकक्षी भ्लादिमिर पुटिनसँग कुराकानी गर्ने आशा व्यक्त गरेका थिए । पुटिनले उक्त प्रस्ताव मान्ने आशा पनि उनले गरेका थिए ।
प्रस्तावमा दुवै पक्ष राजी हुन जरुरी भएको भन्दै केही दिनभित्र सम्झौतामा सहमति जुट्ने आशामा ट्रम्प थिए । ‘भोलि रुससँग हाम्रो ठुलो छलफल छ, र आशा गरौँ यसमा केही राम्रै कुराकानी हुनेछ,’ उनले भने ।
अहिलेसम्म रुसले ३० दिने युद्धविरामको प्रस्तावमा कुनै प्रतिक्रिया दिएको छैन । आगामी केही दिनभित्रै रुसले अमेरिकी प्रतिनिधि मण्डलसँग छलफल गर्नेछ भनेर रुसले निर्णय गरिनसकेको रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'यो मन त मेरो नेपाली हो'को अमेरिकामा विशेष शो
-
‘उत्पादन बढी हुँदा तरकारी सस्तो, किसानले मूल्य पाउनै छोडे’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
‘दातृ संस्थाले सुविधायुक्त होटलमा सेतो तन्नामा सुत्नका लागि मात्रै लैजान्छन्’
-
पथरीमा जीवन विज्ञानको पहिलो वर्षोत्सव
-
टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दै नेपाल