युक्रेनलाई फेरि दिन थाल्यो अमेरिकाले हतियार
किभ । अमेरिकाले युक्रेनलाई बन्द गरेको सैन्य सहायता फेरि सुरु गरेको छ । पोल्याण्ड हुँदै युक्रेनलाई अमेरिकी सैन्य सहायता पुर्याउने काम पुनः सुरु भएको पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोस्र्कीले बताएका हुन् ।
युक्रेनी सेनाले प्रयोग गर्ने स्टारलिङ्क उपग्रहले राम्रोसँग काम गरिरहेको पनि उनले बताए । युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिहासँगको वार्सामा भएको भेटपछि उनले यो बयान दिएका हुन् ।
पोल्याण्ड र युक्रेनको सीमा नजिकै रहेका जेसोव जसियोन्का विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय सहयोग केन्द्रबाट हतियारको डेलिभरी अब पहिले जस्तै गतिमा भइरहेको सिकोस्र्कीले बताए । ‘म पुष्टि गर्न सक्छु कि जसियोन्का मार्फत हतियार आपूर्ति सामान्य रूपमा जारी छ । मेरो जानकारी अनुसार, स्टारलिङ्कले पनि राम्रोसँग काम गरिरहेको छ ।’ सिकोस्र्कीले भने ।
रुसको आक्रामकता अन्त्य गर्न दिइएको नयाँ प्रस्तावबाट पोल्याण्ड र युक्रेन दुवै खुसी रहेको पनि उनले बताए । युक्रेनका विदेशमन्त्रीले साउदी अरेबियामा अमेरिकासँग भएको वार्तालाई ‘धेरै महत्त्वपूर्ण, लगभग ऐतिहासिक’ भनेर वर्णन गरेका थिए । ‘युक्रेन यो युद्ध अन्त्य गर्न चाहन्छ र एउटा न्यायपूर्ण, दिगो शान्ति स्थापना गर्न चाहन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण