युक्रेनलाई फेरि दिन थाल्यो अमेरिकाले हतियार

किभ । अमेरिकाले युक्रेनलाई बन्द गरेको सैन्य सहायता फेरि सुरु गरेको छ । पोल्याण्ड हुँदै युक्रेनलाई अमेरिकी सैन्य सहायता पुर्याउने काम पुनः सुरु भएको पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोस्र्कीले बताएका हुन् ।
युक्रेनी सेनाले प्रयोग गर्ने स्टारलिङ्क उपग्रहले राम्रोसँग काम गरिरहेको पनि उनले बताए । युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिहासँगको वार्सामा भएको भेटपछि उनले यो बयान दिएका हुन् ।
पोल्याण्ड र युक्रेनको सीमा नजिकै रहेका जेसोव जसियोन्का विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय सहयोग केन्द्रबाट हतियारको डेलिभरी अब पहिले जस्तै गतिमा भइरहेको सिकोस्र्कीले बताए । ‘म पुष्टि गर्न सक्छु कि जसियोन्का मार्फत हतियार आपूर्ति सामान्य रूपमा जारी छ । मेरो जानकारी अनुसार, स्टारलिङ्कले पनि राम्रोसँग काम गरिरहेको छ ।’ सिकोस्र्कीले भने ।
रुसको आक्रामकता अन्त्य गर्न दिइएको नयाँ प्रस्तावबाट पोल्याण्ड र युक्रेन दुवै खुसी रहेको पनि उनले बताए । युक्रेनका विदेशमन्त्रीले साउदी अरेबियामा अमेरिकासँग भएको वार्तालाई ‘धेरै महत्त्वपूर्ण, लगभग ऐतिहासिक’ भनेर वर्णन गरेका थिए । ‘युक्रेन यो युद्ध अन्त्य गर्न चाहन्छ र एउटा न्यायपूर्ण, दिगो शान्ति स्थापना गर्न चाहन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित
-
बिचौलिया र दलालहरूको स्वार्थमा कुलमानलाई हटाइयो- माओवादी केन्द्र
-
गणतन्त्रवादी र राजावादीको प्रदर्शनका लागि तोकियो तीनकुने र भृकुटीमण्डप
-
कुलामान हटाइएको विषयले कर्णाली प्रदेश सभामा पनि पायो प्रवेश, सरकारको विरोध
-
माओवादी नेताहरूलाई प्रश्न : टीआरसीसँग कुलमान सौदाबाजी हो ?
-
गुल्मीमा प्रधानमन्त्रीको पुत्ला जलाइयो