आजबाट २६ औँ फ्लोरा एक्स्पो
काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आजबाट काठमाडौँमा २६ औँ फ्लोरा एक्स्पोको आयोजना गरेको छ । फ्यानले पुष्प व्यवसायको व्यावसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि चार दिनसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा २६ औँ फ्लोरा एक्स्पोको आयोजना गरिएको हो ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरीय फूल तथा आलङ्कारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग, मौसमी फूल, आलङ्कारिक बिरुवा, फुल्ने बिरुवा, पुष्प सजावट तथा कट फ्लावर (गुलाब, जरबेरा, कार्नेशन) विधामा पुरस्कृत गरिने बताइएको छ । त्यस्तै मेलामा आलङ्कारिक बोट बिरुवाहरू, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउ बिजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री लगायतको ८२ वटा प्रदर्शनी तथा बिक्री कक्ष रहने फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक रामबहादुर तामाङले जानकारी दिए ।
हाल देशका ५२ जिल्लामा करिब २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्यानले जनाएको छ । गत आर्थिक वर्षमा पुष्प तथा पुष्पजन्य बस्तुजन्य बस्तुको वार्षिक निर्यात कारोबार रु १ करोड ३ लाख १२ हजार रहेको थियो भने आयात कारोबार रु २७ करोड ७९ लाख रहेको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण