जबरजस्ती निकालिएका कर्मचारी पुनः नियुक्त गर्न ट्रम्पलाई न्यायाधीशको आदेश
वासिङ्टन डीसी । अमेरिकी अदालतले डोनाल्ड ट्रम्प प्रशासन विरुद्ध कडा फैसला सुनाएको छ । अदालतले ६ वटा सङ्घीय एजेन्सीहरूलाई खराब कार्यसम्पादनको आधारमा बर्खास्त गरिएका हजारौँ कर्मचारीलाई पुनर्बहाली गर्न आदेश दिएको छ । अदालतको यो आदेशलाई राष्ट्रपति ट्रम्प र उनका घनिष्ठ साथी एलन मस्कका लागि ठुलो धक्का मानिएको छ ।
सङ्घीय न्यायाधीश विलियम एल्सुपले बिहीबार एक ऐतिहासिक फैसला जारी गर्दै अर्थमन्त्रालय, भेटरन्स मामिला, कृषि, रक्षा, ऊर्जा र आन्तरिक मन्त्रालयहरूलाई अनुचित रूपमा बर्खास्त गरिएका सबै कर्मचारीहरूलाई पुनः नियुक्त गर्न आदेश दिएका छन् ।
यी कर्मचारीहरूलाई खराब कार्यसम्पादनको बहानामा बर्खास्त गरिएको अदालतले थाहा पाएको थियो । तर यी कर्मचारीलाई निकाल्नुको वास्तविक उद्देश्य सङ्घीय सरकारको आकारमा व्यापक कटौती थियो ।
झूटको आधारमा कर्मचारीहरूलाई हटाइयो : अदालत
‘सरकारले राम्रा कर्मचारीहरूलाई बर्खास्त गरे कार्यसम्पादनको आधारमा यो गरिएको हो भनेर झूटा दाबी गर्नु धेरै दुःखद छ, जबकि वास्तविकतामा यो पूर्णतया गलत थियो’ मुद्दाको सुनुवाइ गर्ने क्रममा न्यायाधीश अलसुपले भने । सङ्घीय कर्मचारी सङ्घहरूले ट्रम्प प्रशासनको यो निर्णयलाई अदालतमा चुनौती दिएका थिए । प्रशासनले मनमानी ढङ्गले कर्मचारीहरूलाई हटाएको र कानुनी प्रक्रिया पालना नगरिएको दाबी याचिकामा गरिएको थियो ।
यो तर्क स्वीकार गर्दै अदालतले सरकारको कदमलाई गैरकानूनी घोषित गरेर र कर्मचारीहरूलाई तत्कालै लागू हुनेगरी पुनर्बहाली गर्न आदेश दिएको छ । जनवरीमा ह्वाइट हाउसमा दोहोर्याएर छिरेपछि सरकारी खर्च कटौती गर्न ट्रम्पले डज नामक नयाँ विभाग खोलेका थिए ।
यो विभागको जिम्मा उनले आफ्नो खास मान्छे खर्बपति व्यापारी एलन मस्कलाई दिएका थिए । डजले भटाभट कर्मचारी निकालेपछि उनको निकै आलोचना भएको थियो । अदालतको यो निर्णयलाई उनको सरकारी सुधार एजेन्डामा ठुलो धक्का मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण