आइतबार, ०७ वैशाख २०८२
ताजा लोकप्रिय

सुनितालाई लिन शुक्रबार अन्तरिक्ष जाँदै स्पेसएक्सको यान

शुक्रबार, ०१ चैत २०८१, १६ : २६
शुक्रबार, ०१ चैत २०८१

वासिङ्टन डिसी । नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनको सहकर्मी ब्यारी विल्मोर अब छिट्टै पृथ्वीमा फर्कने अपेक्षा गरिएको छ ।

 अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दुवै अन्तरिक्ष यात्री मार्च १९ अघि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) छोड्ने बताएको छ । नासा–स्पेसएक्सले मार्च १४ को साँझ ७ः०३ भन्दा अगाडि स्पेसएक्सको क्रू–१० प्रक्षेपण गर्नेछ । यो प्रक्षेपण सफल भयो भने सुनिता विलियम्स र ब्यारी विल्मोर पृथ्वीमा फर्कन सक्नेछन् । 

सुनिता र ब्यारीलाई फिर्ता ल्याउने योजना बिहीबार स्थगित भएको थियो । नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण हुनुभन्दा लगभग एक घण्टा अघि क्रू–१० यानका ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रणालीमा समस्या देखिएको थियो । 

२०२४ को जुन ५ मा दुवै जना आठ दिनका लागि भनेर बोइङ स्टारलाइन चढेर आईएसएसमा गएका थिए । स्टारलाइनर आईएसएसमा अन्तरिक्ष यात्री बोकेर पहिलो पटक गएको थियो । तर आईएसएस पुग्नै लाग्दा यानमा समस्या देखिएपछि केही महिनापछि यान रित्तै पृथ्वीमा फर्कियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप