सुनितालाई लिन शुक्रबार अन्तरिक्ष जाँदै स्पेसएक्सको यान
वासिङ्टन डिसी । नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनको सहकर्मी ब्यारी विल्मोर अब छिट्टै पृथ्वीमा फर्कने अपेक्षा गरिएको छ ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दुवै अन्तरिक्ष यात्री मार्च १९ अघि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) छोड्ने बताएको छ । नासा–स्पेसएक्सले मार्च १४ को साँझ ७ः०३ भन्दा अगाडि स्पेसएक्सको क्रू–१० प्रक्षेपण गर्नेछ । यो प्रक्षेपण सफल भयो भने सुनिता विलियम्स र ब्यारी विल्मोर पृथ्वीमा फर्कन सक्नेछन् ।
सुनिता र ब्यारीलाई फिर्ता ल्याउने योजना बिहीबार स्थगित भएको थियो । नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण हुनुभन्दा लगभग एक घण्टा अघि क्रू–१० यानका ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रणालीमा समस्या देखिएको थियो ।
२०२४ को जुन ५ मा दुवै जना आठ दिनका लागि भनेर बोइङ स्टारलाइन चढेर आईएसएसमा गएका थिए । स्टारलाइनर आईएसएसमा अन्तरिक्ष यात्री बोकेर पहिलो पटक गएको थियो । तर आईएसएस पुग्नै लाग्दा यानमा समस्या देखिएपछि केही महिनापछि यान रित्तै पृथ्वीमा फर्कियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण