शिरोमणि आचार्यको योगदान अतुलनीय : भूपाल राई
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले इतिहास शिरोमणि बाबुराम आचार्यको योगदान मुलुकका लागि सदैव स्मरणीय रहिरहने उल्लेख गरेका छन् ।
शिरोमणि आचार्यको एक सय ३८ औँ जन्मजयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि आचार्य प्रतिष्ठानको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उनले इतिहास विकास र समृद्धिका लागि महत्त्वपूर्ण हुने भए पनि त्यसमा अहिलेका पिँढीको उचित ध्यान जान नसकेको बताए ।
कुलपति राईले आफू इतिहास शिरोमणि आचार्यको विद्धता र उनको योगदानका लागि प्रष्ठिानसँग सहकार्य गरेर सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । नेपालको राष्ट्रिय इतिहास र संस्कृतिका अन्वेषक आचार्य विषय प्रवचन कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा. रमेश ढुङ्गेलले अन्वेषणको आधुनिकता वा वैज्ञानिकताको आधारका उनी जीवनभर नै इतिहास–संस्कृति अन्वेषण र अध्ययनमा नै समर्पित रहेको विश्वास गर्न सकिन्छ ।
कार्यपत्रमाथि टिप्पणी गर्दै प्रा दिनेशराज पन्तले इतिहास शिरोमणि आचार्यलाई युरोपमुखी आधुनिकताका सिद्धान्त र व्यवहारले प्रभाव पारेको विषय तर्कसङ्गत भएको उल्लेख गरे । साथै उनले कार्यपत्र उल्लेख ‘आचार्यजीको जीवनको पूर्वाद्र्धदेखिको सङ्गत र प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव युरोपको आधुनिकतावाद र मानवतावाद र त्यसै धारको स्वतन्त्रताका हिमायती राजनीतिज्ञ, लेखक, दार्शनिक, साहित्यकार र समाजसेवीहरूसँग थियो’ भन्ने विषय उचित भएको बताए ।
इतिहास शिरोमणि प्रतिष्ठानका अध्यक्ष प्राडा त्रिरत्न मानन्धरले शिरोमणि आचार्य त्यसबेलाका अन्तरराष्ट्रिय व्यक्तित्व भएको बताउँदै आगामी दिनमा सरकारसँग सहकार्य गरेर उनको योगदानको कदर गर्न प्रतिष्ठान लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा शिरोमणि प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले शिरोमणि आचार्यले ‘जे देख्यो त्यो लेख्ने’ प्रवृत्ति आफूले पढेको बताउँदै उनी सृजनशीलतामा निडर र हक्की स्वभावको भएको उनका कृतिले पुष्टि गर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण