ला लिगा : डेपोर्टिभो अलाभेसलाई रेलिगेशनको लस पल्मसले रोक्यो
शनिबार, ०२ चैत २०८१, ०४ : ५३

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रेलिगेशन जोनमा रहेको लस पल्मसले डेपोर्टिभो अलाभेसलाई बराबरीमा रोकेको छ । शुक्रबार राती भएको खेलमा पल्मसले अलाभेसलाई २-२ को बराबरीमा रोक्दै अंक खोसेको हो ।
खेलको ७ मिनेट मै टोनी मार्टिनेजको गोलबाट अग्रता लिएको अलाभेसले ६३ औं मिनेटमा जोन गुरिदीको गोलबाट अग्रता दोब्बर बनायो । तर, निर्धारित ९० मिनेटमा पल्मसका फाविओ सिल्भाले पेनाल्ट गोल गर्दै पहिलो जवाफ फर्काए । इन्जुरी समयको पाँचौ मिनेटमा अल्बर्टो मोलेइरोले गोल गर्दै नतिजा बराबर गरे ।
लिगमा २८ औं चरणका खेल सुरु हुँदा पल्मस रेलिगशन जोनमा छ भने अलाभेस २७ अंक बटुलेर १६ औं स्थानमा छ । शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको रियाल मड्रिडको समान ५७-५७ अंक छ । तेस्रो स्थानको एटलेटिको मड्रिडको ५६ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जित्नैपर्ने दबाबबिच आपसमा भिड्दै दिल्ली र पञ्जाब
-
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मिसुबिसीको ईभी बनाउने योजनामा आईफोन बनाइदिने कम्पनी
-
ठुलो व्यापार सम्झौताको घोषणा गर्ने ट्रम्पको तयारी
-
तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते
-
सर्लाहीमा भारतीय नागरिकबाट नक्कली नोट बरामद