ला लिगा : डेपोर्टिभो अलाभेसलाई रेलिगेशनको लस पल्मसले रोक्यो
शनिबार, ०२ चैत २०८१, ०४ : ५३
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रेलिगेशन जोनमा रहेको लस पल्मसले डेपोर्टिभो अलाभेसलाई बराबरीमा रोकेको छ । शुक्रबार राती भएको खेलमा पल्मसले अलाभेसलाई २-२ को बराबरीमा रोक्दै अंक खोसेको हो ।
खेलको ७ मिनेट मै टोनी मार्टिनेजको गोलबाट अग्रता लिएको अलाभेसले ६३ औं मिनेटमा जोन गुरिदीको गोलबाट अग्रता दोब्बर बनायो । तर, निर्धारित ९० मिनेटमा पल्मसका फाविओ सिल्भाले पेनाल्ट गोल गर्दै पहिलो जवाफ फर्काए । इन्जुरी समयको पाँचौ मिनेटमा अल्बर्टो मोलेइरोले गोल गर्दै नतिजा बराबर गरे ।
लिगमा २८ औं चरणका खेल सुरु हुँदा पल्मस रेलिगशन जोनमा छ भने अलाभेस २७ अंक बटुलेर १६ औं स्थानमा छ । शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको रियाल मड्रिडको समान ५७-५७ अंक छ । तेस्रो स्थानको एटलेटिको मड्रिडको ५६ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण