सुन्दरीजलमा टिप्पर र बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
शनिबार, ०२ चैत २०८१, ०९ : ०८
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१ सुन्दरीजल स्थित बिपी चोकमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिग्रिएको बा।१२ च २६९७ नम्बरको बोलेरोलाई टुचिन लगाएर तान्दै हिँडेको बा।५ ख ११६८ नम्बरको निशान टिप्परले मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा बा।५ ख ११६८ नम्बरको मोटरसाइकल चालक अनुज ढकालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएका ढकालको उपचारको क्रममा नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।
टिप्पर चालक अशोक रोक्का र बोलेरो चालक ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–४ घर भएर सुन्दरीजल बस्ने ३९ वर्षीय सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण