राजावादीलाई मुख्यमन्त्रीको कटाक्ष : फेरि रैती शासन व्यवस्था ल्याउँछु भनेर लाग्नु मूर्खता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले फेरि रैती शासन व्यवस्था ल्याउँछु भनेर लाग्नु मूर्खता भएको बताएका छन्। राजावादीहरूलाई लक्षित गर्दै कँडेलले जनताको लामो संघर्षपछि प्राप्त लोकतान्त्रिक व्यवस्थाको विकल्प अझ उन्नत खालको लोकतन्त्र भएको बताएका हुन् ।
शनिबार वीरेन्द्रनगरमा आयाेजित राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै कँडेलले भने, 'फेरि रैती शासन व्यवस्था ल्याउने मूर्खता नगर्नुहोस् ।'
जनताले लामो संघर्ष गरेर ल्याएको यो भन्दा अर्को उन्नत व्यवस्था नभएको उनले बताए । बरु कमजोरीहरू सच्चाउन आवश्यक रहेको तर व्यवस्थामाथिको प्रहार बन्द गर्न उनले आग्रह गरे।
सत्ता सञ्चालकका कमजोरीलाई लिएर गणतान्त्रिक व्यवस्थामाथि नै दोष थुपार्ने काम नगर्न आग्रह गरेका छन्। व्यक्तिको कमजोरीलाई व्यवस्थामाथि थुपार्दा गणतन्त्रमाथि प्रश्न चिन्ह गर्नेले मौका पाएको बताए । सत्ता सञ्चालनमा देखिएको कमजोरीलाई लिएर व्यवस्थामाथि प्रहार भइरहेको उनको भनाइ थियो ।
'केही कमजोरी होलान्, नागरिकका अपेक्षित अपेक्षा पनि पुरा भएनन् होला, ती सुधारेर जान सकिन्छ,' उनले भने, 'तर सत्ताको कमजोरीलाई व्यवस्थासँग तुलना गर्नु जायज होइन ।'
गणतन्त्रमाथिको प्रहार सत्ता सञ्चालकमाथिको मात्रै प्रहारको रूपमा नबुझ्न पनि उनले आग्रह गरे । अहिले व्यवस्थामाथिको प्रहारले सत्ता सञ्चालकमाथि मात्रै देखिए पनि त्यसले नागरिक अधिकारमाथि नै धावा बोलेको उनको कँडेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम चौधरीले जब आमासँग राजनीति छाड्ने प्रस्ताव राखे...!
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन