नेपालमा टाटा योधा १.५टी सार्वजनिक
काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा नयाँ टाटा योधा १.५टी सार्वजनिक गरेको छ। सिप्रदी ट्रेडिङ्गको आधिकारिक वितरणमा ल्याइएको यो पिकअप बलियो बनोट, उत्कृष्ट कार्यक्षमता र उच्च भार उठाउने क्षमताका साथ प्रस्तुत गरिएको जनाइएको छ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा टाटा मोटर्सका Head - CVIB, असिफ शमिमको उपस्थितिमा गाडी सार्वजनिक गरियो। टाटा योधा १.५टी को ३ लिटर (2956 CC) डीजल इन्जिन, २५०Nm टर्क, र १५०० किलो भार उठाउने क्षमता छ । यो व्यावसायिक प्रयोगका लागि एकदमै उपयुक्त भएको कम्पनीको भनाइ छ ।
कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका सीईओ राजन बाबु श्रेष्ठले टाटा पिकअपहरूको लोकप्रियता अझै बढ्ने विश्वास व्यक्त गरे। साथै, टाटा योधा १.५टीका पुराना ग्राहकहरूलाई विशेष सम्मान प्रदान गर्दै उनीहरूको व्यवसायमा गाडीले पुर्याएको योगदानबारे जानकारी प्रस्तुत गरिएको कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण