सरकारले व्यापार गर्न हुन्न : प्रमुख सचेतक घिमिरे
आइतबार, ०३ चैत २०८१, १२ : १३

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले व्यापार गर्न नहुने बताएका छन् । गरिरहेको भए तत्काल बन्द गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै घिमिरेले भने, ‘सरकारले व्यापार गर्नु हुँदैन । गरिरहेको भए तत्काल बन्द गरोस् ।’
उनले दानबाट सामाजिक र धार्मिक क्षेत्र चल्ने, निजी क्षेत्रले व्यापार गर्ने र उसले तिरेको करले राज्य चल्ने बताए ।
राज्यले व्यापार गरेमा निजी क्षेत्र सुक्ने, निजी क्षेत्र सुकेमा उनले कर दिन नसक्ने र अन्ततः राज्य टाट पल्टिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार