छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
आइतबार, ०३ चैत २०८१, १३ : १६

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
- काठमाडौँ, टोखा नगरपालिका-१ फूलबारी गेटस्थित सडकमा बा.प्र.०२-०३९ प ९८२८ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०५३ प ६३७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा बा.प्र.०२-०५३ प ६३७८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-३ भुतखेल बस्ने नुवाकोट घर भएका १८ वर्षीय रिवाज आचार्यको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा.प्र.०२-०३९ प ९८२८ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
- रूपन्देही, बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित सडकमा योगिकुटीबाट चौराहातर्फ जाँदै गरेको ग.१७ प ८७७२ नम्बरको मोटरसाइकल शनिबार दिउँसो दुर्घटना हुँदा चालक स्याङजा घर भएका २७ वर्षीय मिलन गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बुटवल अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो ।
- सर्लाही, बलरा नगरपालिका-८ बालुवाभारस्थित सडकमा बीआर ३० एई २४९० नम्बरको स्कारपियो गाडीको ठक्करबाट भारत सितामाढी थाना बरगनिया नन्दबारा ग्रामपञ्चायत घर भएका रामेश्वर साहको छोरा ५ वर्षीय पियुष कुमार साहको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- मोरङ, बुढीगंगा गाउँपालिका-३ स्थित सडकमा गंगा चोकबाट नेमुवातर्फ आउँदै गरेको को.१ च ४७७४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ बस्ने उदयपुर घर भएका २४ वर्षीय आशिष राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो ।
- दाङ, तुलसीपुर उपमहानगरपालिका-९ गौरीशंकर टोलस्थित सडकमा गौरीशंकर टोलबाट अटो भिलेज टोलतर्फ जाँदै गरेको रा.१ त ३२३९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सल्यान छत्रेश्वरी गाउँपालिका-२ घर भएका दुर्गा प्रसाद वलीकी छोरी ९ वर्षीया दिपसिखा वलीको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- कैलाली, गोदावरी नगरपालिका-३ मालाखेती चोकस्थित सडकमा अत्तरियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा.१७ च ९६४५ नम्बरको स्कारपियो अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक कञ्चनपुर कृष्णपुर नगरपालिका-४ बस्ने ३५ वर्षीय सुदिप रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?