स्पेनिस ला लिगा : बार्सिलोना र रियाल मड्रिडबीच नाटकीय अग्रताको शिलशिला जारी
काठमाडौं । सिजनको उत्तरार्धतिर आइपुग्दा स्पेनिस ला लिगा रोचक बनेको छ । खेलैपिच्छे शीर्ष टोलीहरुको स्थान र अवस्थामा उतारचढाव जारी छ । विशेषतः मुख्य प्रतिस्पर्धी बार्सिलोना र रियाल मड्रिडबीच नाटकीय अग्रताको शिलशिला जारी छ ।
कुनै बेला त २४ घण्टा नपुग्दै स्थान परिवर्तन भएको स्थिति छ । शनिबार राती स्पस्ट तीन अंक जोडेर रियाल मड्रिड शीर्ष स्थानमा उक्लिएकामा आइतबार राती भएको खेलमा स्पष्ट जित हासिल गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लियो ।
अंक बराबरी भए पनि बार्सा गोल अन्तरका आधारमा शीर्ष स्थानमा उक्लिएको हो । यी दुईबीच यस्तो कयौँ पटक भएको छ । आइतबार राती एटलेटिको मड्रिडको घरेलु मैदानमा बार्सिलोनालाई जिताउन फेरन टोरेसले दोहोरो गोल गर्दा रोवर्ट लेवान्डोस्की र लामिने यामलले एक–एक गोल गरे ।
घरेलु टोली एटलेटिको मड्रिडका जुलियन अल्भारेज र अलेक्जेण्डर सोरलोथले एक–एक गोल फर्काए । योसँगै २७ खेलबाट बार्सिलोनाको ६० अंक भएको छ भने एक खेल बढी खेलेको रियाल मड्रिडको पनि समान ६० अंक छ । २८ खेलबाट एटलेटिको मड्रिडको भने ५६ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण