त्रिचन्द्र क्याम्पसको मूल गेटमै दुई उम्मेदवारको तालाबन्दी
काठमाडौँ । त्रिचन्द्र बहुमुखी क्याम्पसको मूल गेटमै ताला लगाइएको छ । नेपाल विद्यार्थी संघबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका श्रीधर श्रेष्ठ र नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघका विवेक बानियाले क्याम्पसको मूल गेटमै ताला लगाएका हुन् ।
नेविसंघले त्रिचन्द्रबाट गोविन्द कोइराला समूहलाई आधिकारिक उम्मेदवार मानेको हो । कोइराला आधिकारिक भएपछि श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उम्मेदवारीपछि दुई उम्मेदवारहरूले विभिन्न माग राखेर निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए । तर, अहिले कलेजको मूल गेटमै ताला लगाएका हुन् ।
उनीहरूले मुल गेटमा नै जायज माग पुरा नभएसम्म क्याम्पस प्रमुख र निर्वाचन समितिका पदाधिकारीहरूलाई क्याम्पस प्रवेश निषेध गरिएको सूचना टाँस गरेका छन् ।
उनीहरू दुवै जनाले आफ्ना मागहरू बेवास्ता गरेर मनोमानी ढङ्गबाट अगाडि बढेको क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामा माग गरेको उनीहरूको भनाइ छ ।
उनीहरूले निर्वाचनका निम्ति तोकिएको निर्वाचन समितिको बैठकमा सम्पूर्ण संघ संगठन तथा उम्मेदवारहरूसँग छलफल गरी गोला प्रथा गराउनुपर्नेमा स्ववियु निर्देशिका विपरीत केहीलाई सहज हुने गरी एकलौटी ढङ्गबाट निर्णय गरेको उनीहरूको आरोप छ । निर्वाचन समितिले त्रिवि निर्देशिका पालना नगरेकोले तत्काल राजीनामा दिनुपर्ने उनीहरूको माग छ ।
त्यस्तै नेविसंघका बागी उम्मेदवार श्रेष्ठले भने संगठनको आधिकारिता दिने सन्दर्भमा निर्वाचन समिति एकलौटी भएको आरोप लगाएका छन् । एकलौटी निर्णय गरी सरोकारवाला पक्षलाई पेलेर निर्णय गरेकोप्रति आफ्नो आपत्ति भएको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण