अनुगमनमा निस्किएका सब–इन्जिनियरमाथि ढुंगा र रड प्रहार
सुर्खेत । जाजरकोटमा अनुगमनका निस्किएका सब–इन्जिनियरमाथि ढुंगा र रड प्रहार हुँदा घाइते भएका छन् ।
घाइते हुनेमा बारेकोट गाउँपालिकामा कार्यरत सब–इन्जिनियर हिमाल पुन रहेका छन् । उनीमाथि सोही गाउँपालिकाको वडा नम्बर ६ का टेकेन्द्र नेपालीले ढुंगा र रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी, प्रहरी निरीक्षक हरिराम डाँगीले रातोपाटीलाई बताए ।
उनका अनुसार नेपाली कार्कीज्यूला भन्ने गाउँको सीता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । आइतबार बेलुका ४ बजेतिर सब–इन्जिनियर पुन विद्यालयको दिवा खाजा भवनको अनुगमन तथा निरीक्षण गर्न पुगेका थिए ।
सो क्रममा भवनको गुणस्तरको विषयलाई लिएर विवाद उत्पन्न भएको उनले प्रहरी निरीक्षक डाँगीले बताए । ‘सामान्य भनाभनपछि नेपालीले अचानक रड र ढुंगा प्रहार गरेको भन्ने सुन्नामा आएको छ,’ उनले भने, ‘सब–इन्जिनियरको पाखुरा र हिपमा चोट लागेको छ । स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि उहाँ जिल्ला अस्पताल जाजरकोट आउँदै हुनुहुन्छ ।’
यद्यपि नेपाली भने अझै पक्राउ पर्न सकेका छैनन् । प्रहरी निरीक्षक डाँगीका अनुसार घटना भएको स्थानदेखि प्रहरी कार्यालयबाट ३ घण्टाको दुरीमा पर्छ । खबर पश्चात् प्रहरी त्यहाँ खटेको भए पनि नेपाली भने फरार छन् । उनको खोजी कार्य भने भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इथियोपियामा बस दुर्घटना हुँदा २८ जनाको मृत्यु
-
कोशी प्रदेशको बजेट मन्त्रिपरिषद्बाट पारित, प्रदेशसभामा प्रस्तुत हुँदै
-
कर्णाली सरकारले चलचित्रलाई १ करोड दिने सहमति भएको छ– सांसद शाही
-
सुडानमा ड्रोन आक्रमण तीव्र, पाँच महिनामा एक हजार बढीको मुत्यु : संयुक्त राष्ट्रसङ्घ
-
रोजगार मेलामार्फत १६४ लाई रोजगारी
-
‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण