अनुगमनमा निस्किएका सब–इन्जिनियरमाथि ढुंगा र रड प्रहार

सुर्खेत । जाजरकोटमा अनुगमनका निस्किएका सब–इन्जिनियरमाथि ढुंगा र रड प्रहार हुँदा घाइते भएका छन् ।
घाइते हुनेमा बारेकोट गाउँपालिकामा कार्यरत सब–इन्जिनियर हिमाल पुन रहेका छन् । उनीमाथि सोही गाउँपालिकाको वडा नम्बर ६ का टेकेन्द्र नेपालीले ढुंगा र रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी, प्रहरी निरीक्षक हरिराम डाँगीले रातोपाटीलाई बताए ।
उनका अनुसार नेपाली कार्कीज्यूला भन्ने गाउँको सीता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । आइतबार बेलुका ४ बजेतिर सब–इन्जिनियर पुन विद्यालयको दिवा खाजा भवनको अनुगमन तथा निरीक्षण गर्न पुगेका थिए ।
सो क्रममा भवनको गुणस्तरको विषयलाई लिएर विवाद उत्पन्न भएको उनले प्रहरी निरीक्षक डाँगीले बताए । ‘सामान्य भनाभनपछि नेपालीले अचानक रड र ढुंगा प्रहार गरेको भन्ने सुन्नामा आएको छ,’ उनले भने, ‘सब–इन्जिनियरको पाखुरा र हिपमा चोट लागेको छ । स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि उहाँ जिल्ला अस्पताल जाजरकोट आउँदै हुनुहुन्छ ।’
यद्यपि नेपाली भने अझै पक्राउ पर्न सकेका छैनन् । प्रहरी निरीक्षक डाँगीका अनुसार घटना भएको स्थानदेखि प्रहरी कार्यालयबाट ३ घण्टाको दुरीमा पर्छ । खबर पश्चात् प्रहरी त्यहाँ खटेको भए पनि नेपाली भने फरार छन् । उनको खोजी कार्य भने भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त
-
शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
-
क्याबिनेट निर्णय : गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको ठाउँमा पाण्डे
-
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन