धरहराबाट दुई करोड रुपैयाँभन्दा बढी रकम संकलन
मङ्गलबार, ०५ चैत २०८१, १३ : ०३
काठमाडौँ । धरहराबाट हालसम्म दुई करोड रुपैयाँ बराबर रकम संकलन भएको छ । फागुन मसान्तसम्ममा धरहरामा धरहराबाट २ करोड ३७ लाख रकम संकलन भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
संविधान दिवसको अवसरमा असोज ३ बाट खुला गरिएको धरहरा परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको थियो । गत मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क लिएर धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै मङ्सिर ९ गतेदेखि धरहरा स–शुल्क सञ्चालनमा आएको थियो ।
सशुल्क सञ्चालन भएदेखि हालसम्म २ करोड ३७ लाख बढी रकम संकलन गरेको पनि जनाएको छ । यो अवधिमा हालसम्म १ लाख ३० हजार भन्दा बढीले धरहरा भ्रमण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण