ज्ञानेन्द्रलाई प्रचण्डको चेतावनी, ‘अर्को मूर्खता नगरियोस्’
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र पक्षधर सबै शक्तिलाई एक ठाउँमा आउन अपिल गरेका छन् । सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्र पक्षधरले गम्भीर समीक्षा गरी एक ठाउँमा आउन अपिल गरेका हुन् ।
‘म संविधानसभाबाट नयाँ संविधान निर्माण पक्षधरहरूलाई गम्भीर आत्मसमीक्षा गरी मिलेर जान अपिल गर्छु । गणतन्त्र पक्षधरहरू मिलेर मात्रै सबै समस्या समाधान गर्न सकिन्छ । राजावादीहरूको सक्रियताले नयाँ विचार, नयाँ सिद्धान्त र नयाँ रणनीतिको खोजी गर्ने अवसर हो’, उनले भने ।
कार्यक्रममा प्रचण्डले राजनीतिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र एउटा युगान्तकारी उपलब्धि भएको दाबी गरे । तर त्योभन्दा पनि ठुलो कुरा नयाँ संविधानमा इतिहासमै पहिलोपटक नेपाली जनतालाई सार्वभौम सम्पन्न अधिकारद्वारा सुसज्जित गरेको उनले बताए । आज यो व्यवस्थामाथि केही मानिसले प्रश्न उठाउने दुष्साहस गरेको भन्दै उनले राजामहाराजाहरूले अर्को दुष्साहस गरिए ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।
‘फेरि राजामहाराजाहरूले अर्को मूर्खता नगरियोस् । यदि त्यसो गरियो भने निकै ठुलो मूल्य चुकाउनुपर्ने परिस्थिति आउन सक्छ’, प्रचण्डले भने, ‘नेपाली जनता र राजनीतिक दलहरूले उदारतापूर्वक बस्न दिएको बेला संयमित भएर बस्नुको सट्टा फेरि दुष्साहस गर्न खोजिएको छ, त्यसको परिणाम गम्भीर हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण