‘यो मन त मेरो नेपाली हो’ आगामी असारमा प्रदर्शन हुने

काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’ आगामी असारमा प्रदर्शन हुने भएको छ । निर्माता ज्ञानबहादुर प्रधान (रोशन) ले फिल्म २०८२ सालको असार २७ गते प्रदर्शन मिति तोकिएको जानकारी दिए । फिल्म आर.आर फिल्मस्ले वितरण गर्दैछ ।
फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय छ ।
अमेरिकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको फिल्म पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालि र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको हो ।
शिवम् अधिकारीको लेखन रहेको फिल्मले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीले आफ्नो कला, संस्कार, संस्कृति बिर्सँदै गएको देखाउन खोजेको छ ।
दीपक शर्मा, विकास चौधरी र तोरम्पा हाङ राईको संगीत, सौरभ लामाको छायाङ्कन, बनिश शाहको सम्पादन, देव महर्जनको द्वन्द्व रहेको फिल्ममा कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई