‘यो मन त मेरो नेपाली हो’ आगामी असारमा प्रदर्शन हुने
काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’ आगामी असारमा प्रदर्शन हुने भएको छ । निर्माता ज्ञानबहादुर प्रधान (रोशन) ले फिल्म २०८२ सालको असार २७ गते प्रदर्शन मिति तोकिएको जानकारी दिए । फिल्म आर.आर फिल्मस्ले वितरण गर्दैछ ।
फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय छ ।
अमेरिकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको फिल्म पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालि र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको हो ।
शिवम् अधिकारीको लेखन रहेको फिल्मले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीले आफ्नो कला, संस्कार, संस्कृति बिर्सँदै गएको देखाउन खोजेको छ ।
दीपक शर्मा, विकास चौधरी र तोरम्पा हाङ राईको संगीत, सौरभ लामाको छायाङ्कन, बनिश शाहको सम्पादन, देव महर्जनको द्वन्द्व रहेको फिल्ममा कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण