काठमाडौँ । काठमाडौँको मण्डला थिएटरमा बुधवारदेखि नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन सत्र पछि ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन भएको छ । पशुपति राईको निर्देशन एवं विजय बरालले निर्माणमा मञ्चन भएको यो नाटक हेर्नको लागि मण्डला थिएटरको हल हाउसफुल भएको थियो ।
_BDWd4QNWgs.jpg)
लोककथाबाट प्रभावित भएर मिल्सन राईले लेखेको नाटकले माझ किराँतको मुन्दुम र श्रुति परम्पराबाट आएको कथालाई पेस गर्छ । मातृसत्तात्मक समाजमा पितृसत्तात्मक व्यवहार कसरी सुस्तरी प्रवेश गर्यो र यसले व्यवहारगत रूपमा कसरी आफ्नो विचार हाबी गरायो भन्ने कथासार नाटकले प्रस्तुत गरेको छ ।
_WkQTbb3JGT.jpg)
नाटकमा ठिल्ने ल्हमो, प्रयास बान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री, युवाहाङ राई, बलबहादुर राई र रमिला मोक्तानको अभिनय थियो । यसलाई रोशनी स्याङ्बोले सह-निर्देशन गरेकी छिन् ।
_3g1jQH4e28.jpg)
_EZ8DDPTD29.jpg)
_UAOexXkqRP.jpg)
_8ueHEJXSKX.jpg)
_YYxWYGNnOD.jpg)
_VxMp4JoYHN.jpg)
_JKusI1A20M.jpg)
_snERD0UHty.jpg)
_47MWZUJPdt.jpg)
_Xn2iwMvsVN.jpg)
_JIq7BAt6Ok.jpg)
_q5xcdozpb9.jpg)
_5dCwXX5jOD.jpg)
_QDQeD14aj1.jpg)
_kpjT6xcvG7.jpg)
_YXcTj4u29s.jpg)
_7vU5S1a0bt.jpg)
_LswrJ7NJ3f.jpg)
_rTJq5NwQC2.jpg)
प्रतिक्रिया