तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
सारांश
- शिक्षा तथा खेलकुद मन्त्रालयले निजी विद्यालयलाई शिक्षा समता शुल्क तीन प्रतिशत नलिने निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ।
- शिक्षा मन्त्री सस्मित पोखरेलले प्याब्सन, ऐन प्याब्सन, हिसानसहितका निजी विद्यालयका सञ्चालकहरूसँग छलफल गरेका हुन्।
- छलफलमा शिक्षा विधेयक, पाठ्यक्रमको खाका, शिक्षा नियमावली र छात्रवृत्तिको विषयमा पनि कुराकानी भएको थियो।
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले निजी विद्यालयलाई शिक्षा समता शुल्क तीन प्रतिशत नलिने निर्णय कार्यान्वयन गर्न आग्रह गरेकाे छ। शिक्षा मन्त्रालयमा प्याब्सन, ऐन प्याब्सन, हिसानसहितकाे छलफलमा मन्त्री सस्मित पोखरेलले यस्तो आग्रह गरेका हुन्।
छलफलमा शिक्षा मन्त्री पोखरेलले शिक्षा विधेयक लगायत विषयमा छलफल गर्दा निजि विद्यालयलाई समेत सहभागी गराउने प्रतिबद्धता व्यक्त गरे। बैठकपछि प्याब्सनका महासचिव आरबी कटुवालले तीन प्रतिशत समता शिक्षा कर, पाठ्यक्रम फ्रेमवर्क, शिक्षा विधेयक, शिक्षा नियमावली लगायतका सन्दर्भमा कुराकानी भएको बताए।
कटुवालले रातोपाटीसँग भने, शिक्षामन्त्रीसहितको छलफल सकारात्मक भयो। दुई घण्टाकाे छलफलमा पाठ्यक्रम खाका, शिक्षा नियमावली, शिक्षा विधेयक, छात्रवृत्तिको विषयमा कुरा भयो।’
प्रधानमन्त्री बालेन शाहले शिक्षामा तीन प्रतिशत कर हटाएलगत्तै शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण