चार क्यानेडियाली नागरिकलाई चीनमा मृत्युदण्डको सजाय
बेइजिङ । लागूऔषध सम्बन्धी आरोपमा यस वर्षको सुरुमा चीनले चार क्यानेडियालीहरूलाई मृत्युदण्डको सजाय सुनाएको छ । क्यानेडाली अधिकारीहरूले यो खबरको पुष्टि गरेका छन् । सजाय पाउने सबैसँग दोहोरो नागरिकता थियो ।
उनीहरूको परिवारको अनुरोधमा उनीहरूको पहिचान गोप्य राखिएको क्यानडाका विदेशमन्त्री मेलानी जोलीले बुधबार पत्रकारहरूलाई बताएकी छिन् । विदेशमन्त्रीले यसलाई आधारभूत मानवीय मर्यादाको अपमानको रूपमा निन्दा गरेकी छन् ।
उनले व्यक्तिगत रूपमा दयाको लागि अपिल पनि गरेकी छिन् । खबरहरूका अनुसार क्यानडास्थित चिनियाँ दूतावासका प्रवक्ताले क्यानाडाली नागरिकहरूले गरेका अपराधहरूको प्रमाण ठोस र पर्याप्त रहेको बताएका छन् । साथै उनले क्यानडालाई गैरजिम्मेवार टिप्पणी गर्न बन्द गर्न आग्रह पनि गरेका छन् ।
चीनले सम्बन्धित क्यानेडियाली नागरिकहरूको अधिकार र हितको पूर्ण ग्यारेन्टी गरेको चिनियाँ दूतावासले बताएको छ । चिनियाँ प्रवक्ताले क्यानडा सरकारलाई चीनको न्यायिक सार्वभौमसत्ताको सम्मान गर्न आग्रह पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण