चार क्यानेडियाली नागरिकलाई चीनमा मृत्युदण्डको सजाय

बेइजिङ । लागूऔषध सम्बन्धी आरोपमा यस वर्षको सुरुमा चीनले चार क्यानेडियालीहरूलाई मृत्युदण्डको सजाय सुनाएको छ । क्यानेडाली अधिकारीहरूले यो खबरको पुष्टि गरेका छन् । सजाय पाउने सबैसँग दोहोरो नागरिकता थियो ।
उनीहरूको परिवारको अनुरोधमा उनीहरूको पहिचान गोप्य राखिएको क्यानडाका विदेशमन्त्री मेलानी जोलीले बुधबार पत्रकारहरूलाई बताएकी छिन् । विदेशमन्त्रीले यसलाई आधारभूत मानवीय मर्यादाको अपमानको रूपमा निन्दा गरेकी छन् ।
उनले व्यक्तिगत रूपमा दयाको लागि अपिल पनि गरेकी छिन् । खबरहरूका अनुसार क्यानडास्थित चिनियाँ दूतावासका प्रवक्ताले क्यानाडाली नागरिकहरूले गरेका अपराधहरूको प्रमाण ठोस र पर्याप्त रहेको बताएका छन् । साथै उनले क्यानडालाई गैरजिम्मेवार टिप्पणी गर्न बन्द गर्न आग्रह पनि गरेका छन् ।
चीनले सम्बन्धित क्यानेडियाली नागरिकहरूको अधिकार र हितको पूर्ण ग्यारेन्टी गरेको चिनियाँ दूतावासले बताएको छ । चिनियाँ प्रवक्ताले क्यानडा सरकारलाई चीनको न्यायिक सार्वभौमसत्ताको सम्मान गर्न आग्रह पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल
-
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश
-
घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण
-
स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
खर्च नभएको रकमको वैशाखीमा प्रदेशको बजेट : ठुलो आकार, कमजोर आधार