त्रिवि क्याम्पसमा स्ववियु निर्वाचन
विश्वविद्यालयको निवेदनपछि आजका लागि तोकिएको पेसी स्थगित
बिहीबार, ०७ चैत २०८१, २२ : १८

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचन रोक्न अन्तरिम आदेश माग गरिएको मुद्दाको पेसी स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाइ निर्वाचन रोक्न अन्तरिम आदेश माग गरी विष्णुबहादुर बडैलाले दायर गरेको रिटमा बुधवार उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिँदै आज दुवै पक्षलाई पेसी तोक्न भनेको थियो । तर त्रिविले समय अभाव भएको भन्दै पेसी स्थगित गर्न निवेदन दिएपछि अर्को पेसी चैत १० गते तोकिएको छ ।
यसअघि चैत ५ गते गर्ने भनिएको निर्वाचनमा विद्यार्थी सङ्गठनहरूका बिच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन समितिबिच चैत ८ गते निर्वाचन गर्ने सहमति भएको थियो । अदालतले अन्तरिम आदेश दिँदै त्रिवि स्ववियु निर्वाचन समितिले गत चैत ३ गते प्रकाशन गरेको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला