त्रिवि क्याम्पसमा स्ववियु निर्वाचन
विश्वविद्यालयको निवेदनपछि आजका लागि तोकिएको पेसी स्थगित
बिहीबार, ०७ चैत २०८१, २२ : १८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचन रोक्न अन्तरिम आदेश माग गरिएको मुद्दाको पेसी स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाइ निर्वाचन रोक्न अन्तरिम आदेश माग गरी विष्णुबहादुर बडैलाले दायर गरेको रिटमा बुधवार उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिँदै आज दुवै पक्षलाई पेसी तोक्न भनेको थियो । तर त्रिविले समय अभाव भएको भन्दै पेसी स्थगित गर्न निवेदन दिएपछि अर्को पेसी चैत १० गते तोकिएको छ ।
यसअघि चैत ५ गते गर्ने भनिएको निर्वाचनमा विद्यार्थी सङ्गठनहरूका बिच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन समितिबिच चैत ८ गते निर्वाचन गर्ने सहमति भएको थियो । अदालतले अन्तरिम आदेश दिँदै त्रिवि स्ववियु निर्वाचन समितिले गत चैत ३ गते प्रकाशन गरेको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण