दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालालाई प्रचण्डले यसरी सम्झिए
काठमाडौँ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूतपूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिएको सुझाव कहिल्यै नबिर्सने बताएका छन् । कोइरालाको १५ औँ स्मृति दिवसको अवसरमा बिहीबार श्रद्धाञ्जली व्यक्त गर्दै उनले त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धता जनाए ।
‘नेपालको शान्ति सम्झौताका हस्ताक्षरकर्ता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका एक प्रमुख नेता दिवङ्गत गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा एवं सम्मान प्रकट गर्दछु’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन। त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु।’
तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका कोइरालाको २०६७ सालमा निधन भएको थियो । २०६३ साल मङ्सिर ५ गते बृहत् शान्ति सम्झौतामा विद्रोही माओवादीबाट प्रचण्ड र नेपाल सरकारको तर्फबाट कोइरालाले हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण