एनआरएनए एकता महाधिवेशन : राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वान, ७ एजेन्डा तय

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशअनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समिति मातहतको एनसीसी समन्वय उपसमितिले एकता महाधिवेशनको पहलस्वरुप राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लाई बैठकमा बोलाएको छ ।
उपसमितिका संयोजक तथा उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले बिहीबार सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का अध्यक्षलाई बैठकबारे पत्राचार गरेका हुन् । सबै एनसीसीसँगको बैठक शुक्रबार साँझ ५ बजे (नेपाली समयानुसार) भर्चुअल रूपमा बस्नेछ ।
बैठकका लागि विभिन्न ७ वटा एजेन्डा तय भएको कुँवरले बताए । उनका अनुसार सर्वोच्च अदालतको फैसला र सोको कार्यान्वयन सम्बन्धमा फैसला कार्यान्वयन निर्देशनालयबाट प्राप्त पत्रहरुको कार्यान्वयन सम्बन्धमा भनेर एउटा एजेन्डा तय गरिएको छ । यसैगरी सदस्यता नवीकरण तथा नयाँ सदस्य दर्ताका लागि तोकिएको ३१ मार्चसम्मको समयसिमाका सम्बन्धमा, एनसीसीहरूका अधिवेशन सम्बन्धमा, अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि सम्बन्धमा, उच्चस्तरीय समिति र राष्ट्रिय समन्वय परिषद्बिच एमओयु सम्बन्धमा, केन्द्रीय कार्यालय सञ्चालन र विविध भनेर एजेन्डा तय गरिएको उनको भनाइ छ । यी सबै विषयमा बैठकमा छलफल गरेर आवश्यक निर्णय लिइने कुँवरले बताए ।
बैठकमा उच्चस्तरीय समितिका संयोजक डा शेष घलेको प्रमुख आतिथ्यता रहने छ भने संस्थापक तथा पूर्व अध्यक्षहरू, उच्चस्तरीय समितिका सम्पूर्ण सदस्यहरू, परराष्ट्र मन्त्रालय साथै कानुन, न्याय र संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरू समेतको उपस्थिति रहने छ ।
यस्तै गैरआवासीय नेपाली संघ एनसीसीका अध्यक्ष, पदाधिकारी तथा एनआरएनए अभियन्ताहरूको बैठकमा सहभागिता रहने भन्दै सक्रिय सहभागिताका लागि पत्रमार्फत अनुरोध गरिएको छ ।
समितिले आगामी मे ३ देखि ५ सम्म काठमाडौँमा एकताको महाधिवेशन मिति घोषणा गरेको छ । उक्त महाधिवेशनमा एनसीसीहरुको प्रतिनिधित्व सुनिश्चितताका लागि उपसमितिले आवश्यक छलफल गर्न लागेको कुँवरको भनाइ छ । गत वर्षको चैत २१ मा सर्वोच्चले घलेको नेतृत्वमा एनआरएनएको विवाद समाधान गरेर एकताको महाधिवेशन गर्न दिएको परमादेशअनुसार महाधिवेशन गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयरपोर्ट छानबिन रिपोर्टको परकम्प: पोखरा रङ्गशालाको छानबिन गर्न दबाब
-
खेलस्थल र प्रायोजक सम्बन्धी विवादका कारण साफ च्याम्पियनसिप फुटबल स्थगित
-
शशांकको चियापानमा इतर समूहका भन्दा संस्थापनका धेरै नेता, देखिएनन् शेखर र सुजाता
-
घाइते क्रिकेटर सिद्धान्तको उपचारमा क्यानले उपलब्ध गरायो ५ लाख आर्थिक सहयोग
-
कर्णालीमा मन्त्रालय पुनर्संरचनाः मन्त्रीले काम गर्न नसकेपछि छानियो विज्ञ
-
आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिन निजी मेडिकल कलेजहरूलाई निर्देशन