दक्षिण ढोका–मूलपानी बाटो खोल्न प्रयास गर्ने रक्षामन्त्रीको प्रतिबद्धता
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले नेपाल ट्रस्टको कार्यालय अन्तर्गतको गोकर्ण वनको पर्खालभित्र रहेको सडक खोल्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । गोकर्णेश्वर नगरपालिका–४ मा रहेको वन क्षेत्रको अवलोकनपछि त्यहाँ बनाइएको पर्खाल हटाएर सडक खोल्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
गोकर्णेश्वर नगरपालिकाले लामो समयदेखि यो सडक खोल्न माग गर्दै आएको छ । यो सडक खुलेमा स्थानीयवासीलाई गोकर्णेश्वर मन्दिर क्षेत्रबाट दक्षिण ढोका र मूलपानी पुग्न सहज हुनेछ । गोकर्ण वनको पर्खाल धेरै ठाउँमा भत्किए पनि काँडेतारले बाटो छेकिएको छ ।
पर्खालभित्रको सडक नखोलिएकै कारण यस क्षेत्रमा वाग्मतीको करिडोर पनि खुल्न सकेको छैन । यो सडक खुलेमा गोकर्ण ड्याममाथिको क्षेत्रमा हुने जामबाट स्थानीयवासीले राहत पाउने वडा नं ४ का अध्यक्ष जयराम महतले बताए ।
यो सडक खोल्न माग गर्दै एक महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना कुरा राखेको प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठले राससलाई जानकारी दिए । प्रधानमन्त्री ओलीले पनि यो सडक खोल्न प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको उनले बताए ।
गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, संविधानसभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिका १ का वडाध्यक्ष द्वारिका श्रेष्ठ, ३ का अध्यक्ष मुरारीप्रसाद कुइँकेल, ४ का अध्यक्ष महत, गोनपा–४ का वडा सदस्यहरू गौरी श्रेष्ठ, राजेश श्रेष्ठ, गोनपा–८ का सदस्य सुमन लामालगायत स्थानीयवासीले प्रधानमन्त्रीलाई भेटेर उक्त सडक खोल्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण