कञ्चनपुरमा स्कुटी र ट्याक्टर ठोक्किँदा एकजनाको मृत्यु
आइतबार, १० चैत २०८१, ०७ : ४०

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा ट्याक्टर र स्कुटी आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। म १ त १०२० नम्बरको ट्याक्टरसँग सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी ठोक्किँदा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरी गम्भीर घाइते भएका थिए।
उनलाई घाइतेपछि उपचारका लागि धनगढीको मायामेट्रो अस्पतालमा भर्ना पुर्याइएको थियो। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि भारतको भोजीपुरा रेफर गरियो। तर, भारत लैजानुअघि नै चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
दुर्घटनामा संलग्न स्कुटी चालक,४२ वर्षीय सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा गर्बुजा नियुक्त
-
भावी बजेट : कृषि कटौतीको अर्थ के ?
-
बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
-
'सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ'
-
भारत भर्सेस पाकिस्तान : कसको सेना कति बलियो छ?
-
गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको अन्तरिम आदेश