हवाई हमलामा हमासका वरिष्ठ अधिकारीको निधन
रफाह । इजरायलले गरेको गाजाको खान युनुस सहरमा हवाई आक्रमणमा परेर हसासको वरिष्ठ नेताको निधन भएको छ । हमासका एक अधिकारीले आइतबार बिहान बीबीसीलाई यसको जानकारी गराएका हुन् ।
मर्ने नेता समूहका राजनीतिक नेता सलाह अल–बर्दाविल भएको बताइएको छ । स्थानीयहरूले बताएअनुसार आक्रमणमा परेर बर्दाविल र उनको पत्नी दुवै जनाको निधन भएको बताइएको छ । यसबारे इजरायली अधिकारीहरूले तत्कालै कुनै प्रतिक्रिया दिएका छैनन् ।
जनवरी १९ मा भएको युद्धविराम सम्झौतालाई वेवास्ता गरेको आरोप लगाउँदै गएको मङ्गलवारदेखि इजरायलले गाजामा आक्रमण सुरु गरेको छ । योसँगै २ महिनायता केही शान्त रहेको गाजामा पुनः रक्तपात सुरु भएको छ ।
हमासले भने इजरायलको आरोप अस्वीकार गर्दै आएको छ । कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा भएको सम्झौताको उल्लङ्घन गरिरहेको आरोप उसले बरु उल्टै इजरायलमाथि लगाएको छ ।
गएको २४ घण्टामा मात्रै गाजापट्टीका कयौँ स्थानमा ३२ जना प्यालेष्टिनीहरूको मृत्यु भएको एक अधिकारीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण