सरकारहरू पिपलपाते भए : शर्मा
सुर्खेत। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले केन्द्रदेखि प्रदेशका सरकारहरू पिपलपाते भएको टिप्पणी गरेका छन्।
आइतबार वीरेन्द्रनगरमा आयोजित प्रेस सेन्टर नेपालको तेस्रो अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘राजनीतिक अस्थिरता धेरै भयो, सरकारहरू जता हावा चल्यो उतै ढल्कने पिपलपाते भए,’ उनले भने, ‘यसले धेरै समस्या निम्त्याएको छ।’
अहिलेको आवश्यकता आर्थिक सम्पन्नता भएको बताउँदै शर्माले आर्थिक सम्पन्नता र समाज वर्गविहीन नबनेसम्म सबै पार्टी तथा सङ्गठनको आवश्यकता भइरहने बताए । त्यो कुरा पुरा भएमात्र पार्टी र सङ्गठनको आवश्यकता समाप्त हुने उनले बताए ।
आवश्यक भएसम्म सुदृढ तरिकाले जनताको पक्षमा काम गर्नुपर्ने पनि शर्माको भनाइ छ। दिगो विकासको लक्ष्यअनुसार काम नहुँदा कर्णालीसहित देश नै पछि परेको पनि उनले बताए।
‘कर्णाली समृद्धिको अभियानमा लागौँ भन्दा कुरा मिलिरहेको छैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण