छोराको फिल्म फ्लप हुँदा आमिरले भने– राम्रो भयो
नयाँ दिल्ली । बलिउडका मिस्टर पर्फेक्शनिष्ट आमिर खानका छोरा जुनैद खानले नेटफ्लिक्स फिल्म ‘महाराज’ बाट अभिनयमा डेब्यू गरेका थिए । पहिलो फिल्ममा उनको अभिनयको अत्यधिक प्रशंसा भयो । तर हालै आएको उनको नयाँ फिल्म ‘लभयापा’ बक्स अफिसमा फ्लप भयो । तर लभयापाको असफलताप्रति आमिर खुसी छन् । यो असफलताले जुनैदलाई आफ्नो करियरमा धेरै कुरा सिक्न मद्दत गर्ने उनको भनाइ थियो । ‘जुनैदले यसबाट पाठ सिकेर अगाडि बढ्नु जरुरी छ,’ उनले भने ।
‘राम्रो भयो,’ इन्स्ट्यान्ट बलिउडसँग कुरा गर्ने क्रममा लभयापाको असफलताको बारेमा आमिर खानले भने । करियरको सुरुवाती चुनौतीहरू व्यक्तिको विकासमा महत्त्वपूर्ण हुने उनको भनाइ थियो । ‘मलाई लाग्छ उनी राम्रो गरिरहेका छन् र उसले सिकिरहनेछ’ अझ अगाडि आमिरले भनेका छन् । ‘जुनैद खानले पछिल्ला केही वर्षहरूमा धेरै कुरा सिकेका छन्,’ आफ्नो छोराको करियर बारेमा कुरा गर्दै अभिनेताले भने ।
जुनैद आफ्ना पात्रहरूमा पूर्ण रूपमा डुब्ने भन्दै उनले आफ्नो छोराको कडा परिश्रम र प्रतिभाको प्रशंसा पनि गरे । जुनैदले बलियो सुरुवात गरेको अनि आफ्नो एउटा विशेषतामा ध्यान केन्द्रित गरेको उनले छोराको सराहना पनि गरे । ‘ऊ आफ्ना पात्रहरूमा पूर्ण रूपमा डुब्छ । महाराज हेर्दा मलाई लाग्यो कि जुनैद त्यो पात्र बनिसकेका छन् । लभयापामा उनी गौरवको भूमिकामा पूरै ढलेका थिए’ आमिरले भने ।
आफू जस्तै नृत्यमा कमजोर
आफूजस्तै जुनैद पनि नाच्नमा कमजोर भएको अनि झट्ट मानिसहरूलाई भेट्न हिचकिचाउने पनि आमिरले बताए । अभिनेताका अनुसार उनका छोरा जुनैदलाई मिडियासँग कुरा गर्न धेरै गाह्रो हुन्छ । आमिरलाई आफ्नो छोराको क्षमतामा पूर्ण विश्वास छ । करियरको सुरुवातमा सामना गर्ने अवरोधहरूले व्यक्तिलाई अगाडि बढ्न प्रेरित गर्ने उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण