एउटै अण्डा बिक्यो ७४ हजार रुपैयाँभन्दा बढीमा, के छ खास ?
आइतबार, १० चैत २०८१, १६ : ४१
लन्डन । इङ्ग्ल्याण्डमा एउटै अण्डा ४२० पाउण्ड स्टर्लिङ (आइतबारको विनिमय दर अनुसार ७४ हजार ६२१ रुपैयाँ ४० पैसा नेपाली)मा बिक्री भएको छ । उक्त अण्डा लिलाम बढाबढमा बिक्री भएको हो ।
एलिसन ग्रीन नाम गरेका कारोबारीले उक्त अण्डा लिलाम बिक्रीका लागि राखेका थिए । उनलाई उक्त अण्डा अनौठो लाग्यो । अण्डा अनौठो लाग्दो नै थियो । किनकि, यो सामान्य अण्डाभन्दा फरक आकृतिको थियो ।
सामान्यता अण्डा गोलो आकारको हुँदैन । तर, उनले गोलाकार भएको अण्डा फेला पारेका थिए । यस प्रकारको अण्डा अरबौँमा मुस्किलले एउटा फेला पर्ने बताइन्छ ।
ग्रीनले उक्त अण्डाको लिलाम बिक्रीबाट प्राप्त भएको रकम एउटा परोपकारी संस्थालाई दिएका छन् । उक्त संस्थाले यौन हिंसा र दुर्व्यवहार पीडितका लागि काम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण