नागढुंगामा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु
काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगामा आइतबार माइक्रोबस दुर्घटना भएको छ ।
दुर्घटनामा परेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंमा एसपी अपिल बोहराले रातोपाटीलाई बताए । मृत्यु हुनेमा करिब २६ वर्षीया सविना गुरुङ छिन् ।
चितवनबाट काठमाडौं आएको ग.१ ख ५५४६ नम्बरको माइक्रोबस रोकेको ठाउँमा आफैं अनियन्त्रित भएर दुर्घटना भएको एसपी बोहराले जानकारी दिए । दुर्घटनामा परेर ९ जना घाइते भएका छन् ।
माइक्रो चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घर भएका ३० वर्षीय राजेश घले गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
घाइते हुनेमा चितवन घर भएकी ६८ वर्षीया तारादेवी कुमाल, भरतपुर महानगरपालिका–६ घर भएकी ४० वर्षीया अनिता थापा, उनकी १७ वर्षीया छोरी एरिसा थापा, चितवन कालिका–७ घर भएका ६ वर्षीय इसान कुमाल र सर्लाही घर भएकी २० वर्षीया कुसुम राई लगायत ९ जना छन् ।
घाइते मध्ये केही डिस्चार्ज भैसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण