बेलायती खेलाडी एम्मा राडुकानू मियामी ओपनको अन्तिम १६ मा
सोमबार, ११ चैत २०८१, ०६ : १६
काठमाडौं । बेलायती टेनिस खेलाडी एम्मा राडुकानू मियामी ओपनको अन्तिम १६ मा पुगेकी छन् । प्रतिस्पर्धी म्याककार्टनी केसलर दोस्रो सेटको सुरुवात मै चोटग्रस्त भएपछि राडुकानूले अवसर छोपिन् ।
राडुकानूले पहिलो सेट ६-१ ले जितिन् । उनले जम्मा ३० मिनेटमा पहिलो सेटको सफलता हात पारिन् । दोस्रो सेटमा सुरुवाती विश्रामलगत्तै २२ वर्षीया राडुकानूले ३-० को अग्रता लिंदा २५ वर्षीया केसलर पीठ्यूको समस्याका कारण खेलबाट बाहिरिन पुगिन् ।
राडुकानूले केसलरलाई चाँडै ठीक हुन भनी स्वास्थ्य लाभको कामना समेत गरेकी छन् । उनले केसलरको खेल कौशलको प्रशंसा समेत गरिन् । अब राडुकानूको भिडिन्त अमेरिकी अमाण्डा अनिसिमोभा वा १७ वर्षीया रुसी मीरा एण्ड्रिभासँग हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण