‘महिलालाई अवसर दिए प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन्’
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्न सक्ने बताएका छन् । सोमबार काठमाडौँमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व ‘अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया गोष्ठीमा बोल्दै यादवले महिलालाई अवसर दिने हो भने देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्ने जिकिर गरे ।
उनले नेपालमा राष्ट्राध्यक्ष बनेर विद्यादेवी भण्डारीले नेतृत्व गरिसकेको उल्लेख गर्दै महिलाहरू कमजोर नरहेको बताए । उनले नेपालको राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मुख्यसचिव बनेर देशको नेतृत्व गरिसक्नुभएको भन्दै महिलालाई अवसर दिनुपर्ने जरुरी रहेको बताए ।
मन्त्री यादवले भन्नुभयो, ‘महिलाहरू कमजोर छैन । किन छैन भने हाम्रो मुलुकको सबैभन्दा महत्त्वपूर्ण पद, सबैभन्दा ठुलो पोस्ट, राष्ट्रपति महिलाले चलाएको छ । विद्यादेवी भण्डारीज्यूले त मुलुकलाई राष्ट्राध्यक्षको रुपमा चलाउनु भयो । निश्चित रूपमा यो देशले राष्ट्रपति जस्तो महत्त्वपूर्ण पद महिलाले चलाएको छ । प्रतिनिधि सभाको सभामुख पनि महिलाले चलाएको छ । कर्मचारीको मुख्यसचिव पनि महिलाले हाँकेको छ । अवसर दिनुस् न । अवसर दियो भने प्रधानमन्त्री पनि सबैभन्दा राम्रो महिलाले चलाउँछ । तर अवसर नदिने । अघि किन बढाउने, समानुपातिक हालौँ भन्ने छ । महिलाले जित्छ नि । लोकसभामा अनिवार्य रूपमा महिलाको कोटा छुट्ट्याएको छ भारतमा ।’
खानेपानी उपभोक्ता महासंघमा पनि ४२ हजार उपभोक्तामध्ये १ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्ने निर्णय गरेर देखाउन महासंघ अध्यक्षसँग आग्रह गरे । मन्त्री यादवले शिक्षामा महिलाहरू धेरै अघि बढिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण