बुद्ध एयरको सिस्टम ह्याक प्रकरण : ह्याकरले १५ दिनमा २० जनालाई बेचे टिकट

काठमाडौँ । बुद्ध एयरको सिस्टममा अनधिकृत पहुँच पुर्याएर टिकट बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएका ४५ वर्षीय विकाश भारती र गोरखाको अजिरकोट घर भएका ३७ वर्षीय बाबुराम अधिकारी छन् ।
उनीहरूलाई आइतबार गौशालाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । १५ दिनको अवधिमा आरोपीहरूले २० जनाको नाममा डोमेस्ट्रिक टिकट बनाएर रकम असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
बुद्ध एयरको सिस्टममा पहुँच बनाएर आरोपीहरूले टिकट बुक गर्ने गरेका थिए । टिकट बुक गरेर रकम आफैँले राख्ने तर, प्रणालीमाचाहिँ टिकट बेचेर रकम प्राप्त भएको विवरण समेत देखाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
भैरहवा, धनगढी र नेपालगन्ज लगायतका ठाउँमा जाने २० जना यात्रुहरूबाट उनीहरूले रकम असुलेर बुद्ध एयरलाई घाटा पुर्याएको पाइएको छ । उनीहरुविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन–२०६३ बमोजिम अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका दुवै जना आरोपी सट्टेबाजी खेलाडी हुन् । सट्टेबाजी खेल्दा चिनजान भएका भारतीय नागरिकको योजनामा बुद्ध एयरको सिस्टम ह्याक गरेको उनीहरूले प्रहरीसँग बताएका छन् । भारतीयको सम्पर्कमा रहेका विकास भारतीले अधिकारीलाई प्रयोग गरेका हुन् ।
आरोपीहरूले दिएको टिकटमा यात्रुहरू विमान चढेर यात्रा गरे । तर, बुद्ध एयरको व्यवस्थापनले शङ्का लागेपछि त्यसबारे प्रहरीलाई जानकारी गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन