बुद्ध एयरको सिस्टम ह्याक प्रकरण : ह्याकरले १५ दिनमा २० जनालाई बेचे टिकट
काठमाडौँ । बुद्ध एयरको सिस्टममा अनधिकृत पहुँच पुर्याएर टिकट बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएका ४५ वर्षीय विकाश भारती र गोरखाको अजिरकोट घर भएका ३७ वर्षीय बाबुराम अधिकारी छन् ।
उनीहरूलाई आइतबार गौशालाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । १५ दिनको अवधिमा आरोपीहरूले २० जनाको नाममा डोमेस्ट्रिक टिकट बनाएर रकम असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
बुद्ध एयरको सिस्टममा पहुँच बनाएर आरोपीहरूले टिकट बुक गर्ने गरेका थिए । टिकट बुक गरेर रकम आफैँले राख्ने तर, प्रणालीमाचाहिँ टिकट बेचेर रकम प्राप्त भएको विवरण समेत देखाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
भैरहवा, धनगढी र नेपालगन्ज लगायतका ठाउँमा जाने २० जना यात्रुहरूबाट उनीहरूले रकम असुलेर बुद्ध एयरलाई घाटा पुर्याएको पाइएको छ । उनीहरुविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन–२०६३ बमोजिम अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका दुवै जना आरोपी सट्टेबाजी खेलाडी हुन् । सट्टेबाजी खेल्दा चिनजान भएका भारतीय नागरिकको योजनामा बुद्ध एयरको सिस्टम ह्याक गरेको उनीहरूले प्रहरीसँग बताएका छन् । भारतीयको सम्पर्कमा रहेका विकास भारतीले अधिकारीलाई प्रयोग गरेका हुन् ।
आरोपीहरूले दिएको टिकटमा यात्रुहरू विमान चढेर यात्रा गरे । तर, बुद्ध एयरको व्यवस्थापनले शङ्का लागेपछि त्यसबारे प्रहरीलाई जानकारी गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण