रुसद्वारा अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको सैन्य अभ्यास सुरु
मङ्गलबार, १२ चैत २०८१, १३ : ५४
मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको रुसी रक्षा मन्त्रालयले घोषणा गरेको छ ।
अभ्यासमा रुसको रणनीतिक रकेट निर्धारित प्रशिक्षण अभ्यासको एक हिस्साका रूपमा आणविक मिसाइल लन्चरहरू फिल्ड साइटहरूमा तैनाथ गरिने मन्त्रालयलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ ।
एजेन्सीका अनुसार ‘सेभरडलोभस्क र अल्टिया’ क्षेत्रहरूमा कमान्ड र स्टाफ अभ्यास सञ्चालन गर्ने निर्धारित गरिएको छ । यसमा ‘यार्स अन्तरमहाद्वीपीय’ ब्यालेस्टिक मिसाइल हस्तान्तरण गरिनेछ ।
सैन्य एकाइहरूले अभ्यासका क्रममा इन्जिनियरिङ सहयोग, विकिरण, रासायनिक र जैविक सुरक्षा कार्यहरू पनि गर्ने जनाइएको छ । ‘यार्स’ मिसाइल आणविक हतियार बोक्न सक्षम भएको र यसलाई ढुवानी गर्न वा भूमिगत मिसाइल लन्चरहरूमा राख्न सकिने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण