बैठक
बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी
मङ्गलबार, १२ चैत २०८१, १६ : ११

काठमाडौँ । बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ ।
केही बेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमतका अध्यक्ष सीके राउत, गृहमन्त्री रमेश लेखक, एमाले महासचिव शंकर पोखरेल,उपमहासचिव विष्णु रिमाल, जसपाका अध्यक्ष अशोक राईलगायत छन् ।
सरकारले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि विपक्षी दलहरूले विरोध गरिरहेका बेला सत्तापक्षीय बैठक बसेको हो । बैठकमा सरकार सञ्चालन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा भोगाधिकारको विवादले बसपार्क स्तरोन्नतिमा समस्या
-
न्याय परिषद् नियमावली संशोधनविरुद्धको रिट संवैधानिक इजलासमा
-
सुदूरपश्चिमकै ‘सान’ हुनुपर्ने बसपार्कको दुरवस्था
-
प्रदेशसभाको अधिवेशन जेठ ४ गते आह्वान गर्ने निर्णय
-
सुनको मूल्य तोलामा १ हजार ७०० बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
जमिनमुनि भासिएको गाडीको अध्ययन सुरु