सिराहाका एसपी पण्डितलाई फिर्ता बोलाइयो, शर्मालाई जिम्मेवारी
काठमाडौँ । महायज्ञको तयारीका लागि दलितको घर भत्काएको विषय चर्किएपछि जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एवं एसपी रमेश पण्डितलाई फिर्ता बोलाइएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसपी पण्डितलाई फिर्ता बोलाउँदै उनको ठाउँमा अनन्तराम शर्मालाई पठाउने निर्णय भएको हो । शर्मा हाल प्रदेश प्रहरी गण पोखरामा कार्यरत छन् ।
यसअघि गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई फिर्ता बोलाएर उनको स्थानमा विश्वप्रकाश अर्याललाई पठाएको थियो ।
सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्नकै लागि दलितको घर भत्काएर उठीबास लगाएको घटनाको चौतर्फी आलोचना हुँदै आएको छ ।
महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले जेसीबी लगाएर दिपक मरिक (डोम) को घर भत्काएर उठीबास गराएको समाचार प्रकाशित भएसँगै जिल्लाको प्रशासनतर्फ र प्रहरीतर्फको नेतृत्व फेरबदल गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण