सिराहाका एसपी पण्डितलाई फिर्ता बोलाइयो, शर्मालाई जिम्मेवारी

काठमाडौँ । महायज्ञको तयारीका लागि दलितको घर भत्काएको विषय चर्किएपछि जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एवं एसपी रमेश पण्डितलाई फिर्ता बोलाइएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसपी पण्डितलाई फिर्ता बोलाउँदै उनको ठाउँमा अनन्तराम शर्मालाई पठाउने निर्णय भएको हो । शर्मा हाल प्रदेश प्रहरी गण पोखरामा कार्यरत छन् ।
यसअघि गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई फिर्ता बोलाएर उनको स्थानमा विश्वप्रकाश अर्याललाई पठाएको थियो ।
सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्नकै लागि दलितको घर भत्काएर उठीबास लगाएको घटनाको चौतर्फी आलोचना हुँदै आएको छ ।
महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले जेसीबी लगाएर दिपक मरिक (डोम) को घर भत्काएर उठीबास गराएको समाचार प्रकाशित भएसँगै जिल्लाको प्रशासनतर्फ र प्रहरीतर्फको नेतृत्व फेरबदल गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाका कारण बुटवल–नारायणगढ राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध
-
वर्षासँगै जलमग्न बन्यो नारायणहिटी उत्तरढोका, तस्बिरहरू
-
सान डिएगोमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
-
नेपाल पुलिस क्लब मकवानपुर महिला गोल्डकपको फाइनलमा
-
शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ : जनार्दन शर्मा
-
महेश श्रेष्ठ निर्वाचित भएपछि परराष्ट्रले लियो एनआरएनएको एकता महाधिवेशन सार्ने निवेदन फिर्ता