मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
मङ्गलबार, १२ चैत २०८१, २२ : ५३
अछाम । मोटरसाइकल दुर्घटनामा परी आज एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका –५ स्थित मध्यपहाडी लोकमार्गमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही नगरपालिका–१ कुन्ती निवासी २० वर्षीय जीवन थापाको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका १७ वर्षीय चेतन थापा घाइते भएका छन् ।
ठूलासेनबाट मङ्गलसेन तर्फ जाँदै गरेको से ७ प १४६९ नंको मोटरसाइकल मृतक जीवन थापाले चलाएका थिए । गम्भीर घाइते थापालाई उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए ।
घाइते चेतन थापालाई थप उपचारका लागि न्याय हेल्थ अस्पताल बयालपाटा रेफर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण