मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
मङ्गलबार, १२ चैत २०८१, २२ : ५३

अछाम । मोटरसाइकल दुर्घटनामा परी आज एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका –५ स्थित मध्यपहाडी लोकमार्गमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही नगरपालिका–१ कुन्ती निवासी २० वर्षीय जीवन थापाको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका १७ वर्षीय चेतन थापा घाइते भएका छन् ।
ठूलासेनबाट मङ्गलसेन तर्फ जाँदै गरेको से ७ प १४६९ नंको मोटरसाइकल मृतक जीवन थापाले चलाएका थिए । गम्भीर घाइते थापालाई उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए ।
घाइते चेतन थापालाई थप उपचारका लागि न्याय हेल्थ अस्पताल बयालपाटा रेफर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे
-
इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु