संसद् बैठक
प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षीद्वारा अवरोध
बुधबार, १३ चैत २०८१, १५ : १७
काठमाडौँ । विपक्षी दलहरूले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनु पर्ने माग गर्दै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरोध गरेका छन् । पहिलो बैठकमा पनि सभामुख देवराज घिमिरेले सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरू उठेर अवरोध गरेका थिए ।
_iJJgrOTNfo.jpg)
सभामुख घिमिरेले पटक–पटक आग्रह गर्दा पनि विपक्षी दलका सांसदहरू बसेनन् । त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।
_JS5nPqNuUA.jpg)
विपक्षी दलहरूको तर्फबाट माओवादी सांसद शक्ति बस्नेतले घिसिङलाई हटाउनाको कारण प्रधानमन्त्रीले संसद्मा नदिँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताएका थिए । दोस्रो बैठकमा विपक्षी दलले अवरोध गरिरहेका छन् ।
_4ZU5gOUCyI.jpg)
_zZjRsMnlK8.jpg)
_9yaH2k1SVX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण