अर्जेन्टिनाका गोलकिपरले किन खाए प्रशिक्षकको गाली ?
काठमाडौँ । अर्जेन्टिनाका गोलकिपर एमी मार्टिनेजले प्रशिक्षक लियोनेल स्कालोनीको गाली खानुपरेको छ । बुधबार बिहानको खेलमा ब्राजिलमाथि शानदार जित हात पारे पनि धेरै देखावटीपन गरेको भन्दै प्रशिक्षकले मार्टिनेजको झाँको झारेका हुन् ।
विश्वकप छनोट खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४–१ गोलले हराउँदै अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउन सफल भएको थियो । साबिक विजेता टोलीका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र गुइलियानो सिमिओनीले गोल गरे ।
खेलको अन्त्यतिर अर्जेन्टिना ४–१ गोलले अघि रहेको बेलामा गोलकिपर मार्टिनेजले आफ्नो पेनाल्टी एरियामा किपअप गर्दै देखाएका थिए । टोलीको शानदार जितका बाबजुद प्रशिक्षक स्कालोनीलाई भने उनको यो तरिका मन परेन । यसबाट रुष्ट बनेका विश्वविजेता म्यानेजरले मार्टिनेजलाई गाली गर्दै खेल जारी राख्न निर्देशन दिए ।
खेलमा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी भने चोटका कारण सहभागी थिएनन् । उनले समाजिक सञ्जालमार्फत टोलीलाई बधाइ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण