३५ वर्ष बसेका जोडीलाई अमेरिकाले गर्यो डिपोर्ट
वासिङ्टन डीसी । डोनाल्ड ट्रम्प दोहोर्याएर राष्ट्रपति बनेपछि उनको प्रशासनले अवैध आप्रवासीहरूविरुद्ध कडा कारबाही गरिरहेको छ । प्रशासनले अवैध रूपमा बसिरहेका विदेशीलाई धमाधम डिपोर्ट गरिरहेको छ ।
यसै क्रममा प्रशासनले विगत ३५ वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका एक जोडीलाई उनीहरूको जन्मभूमि कोलम्बियामा निर्वासित गरेको छ । ती दम्पतीका छोराछोरी अमेरिकी नागरिक भएकाले उनीहरूलाई चाहिँ अमेरिकामै छोडिएको छ ।
सञ्चारमाध्यमहरूमा छापिएका खबरअनुसार ती जोडी अमेरिकामा अवैध रूपमा बस्दै आएका थिए । तर अथक प्रयास गर्दा पनि उनीहरूले अमेरिकी नागरिकता पाउन सकेनन् । फेब्रुअरी २१ मा जोडी नियमित अनुसन्धानको लागि अमेरिकी आप्रवासन भन्सार तथा प्रवर्तन कार्यालय पुगेका थिए ।
यसपछि उनीहरूलाई करिब तीन हप्ता अघि हिरासतमा लिइयो । केही दिन हिरासतमा राखेपछि दुबैलाई मार्च १८ मा कोलम्बिया पठाइएको छ । ती जोडीको पहिचान ग्लेडिस गोन्जालेज र नेल्सन गोन्जालेजको रूपमा गरिएको छ । दुवैको उमेर क्रमशः ५५ वर्ष र ५९ वर्ष छ ।
अमेरिकामा छन् दम्पतीका छोराछोरी
देश निकाला भएपछि दम्पतीको परिवार निराश छ । यो दम्पतीका तीन छोरीहरू छन् । यीमध्ये सबै अमेरिकी नागरिक हुन् । आमाबाबु गत महिना सान्ता आनाको अध्यागमन अदालतमा गएको उनीहरूको छोरी स्टेफनी गोन्जालेजले मिडियालाई बताइन् । बाउआमाले सन् २००० देखि त्यसो गर्दै आएका थिए । आफ्ना आमाबाबु कानुन पालना गर्ने व्यक्ति भएको र कहिल्यै कानुन तोडेका नभएको दम्पतीको छोराछोरीको भनाइ छ ।
चार दशकदेखि अमेरिकामा परिवार बसाउँदै आएका जोडीलाई अचानक निर्वासन गर्दा आफूहरू स्तब्ध र दुःखी दुवै भएको परिवारले भनेको छ । उल्लेखनीय छ कि राष्ट्रपति ट्रम्प सत्तामा आएदेखि नै अमेरिकामा बसोबास गर्ने अवैध आप्रवासीहरूलाई देश निकाला तीव्र पारको छन् । अहिलेसम्म हजारौँ मानिसहरूलाई अमेरिकाबाट देश निकाला गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण