राजस्थानले कोलकातालाई दियो १ सय ५२ रनको लक्ष्य
गुवाहाटी । इन्डियन प्रिमियर लिग (आईपीएल) को छैटौँ खेलमा राजस्थानले कोलकाता नाइट राइडर्ससामु जितका लागि १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । गुवाहाटीको बरसापारा क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभर ९ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको हो ।
टोलीका लागि ध्रुव जुरेलले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २८ बलमा ५ चौका प्रहार गरे । ओपनर यशस्वी जैसवालले २४ बलमा २ चौका र २ छक्काको मद्दतले २९ रन जोडे ।
कप्तान रियान परागले १५ बलमा २५ रन जोड्दै पभेलियन फर्किए । उनले ३ छक्का हिर्काए । सञ्जु सामसनले ११ बलमा १३ रन बनाए । खेलको अन्त्यतिर जोफ्रा आर्चरले ७ बलमा २ छक्का हिर्काउँदै १६ रन जोडे ।
राजस्थानलाई सस्तोमा समेट्न कोलकाताका लागि वैभव अरोरा, हर्षित राना, मोइन अली र वरुण चक्रवर्तीले २–२ विकेट हात पारे । स्पेनसर जोनसनले एक विकेट लिए ।
दुवै टोलीको यो दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा यी दुवै टोलीले हारको सामना गर्नुपरेको थियो । कोलकाता उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग ७ विकेटले पराजित भएको थियो भने राजस्थान आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादसँग ४४ रनले स्तब्ध बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण