समाजवादी मोर्चाद्वारा बृहत् जनप्रदर्शनको तयारी, के-के छन् नारा ?
काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा बृहत् जनप्रदर्शनको आयोजना गरेको छ। वर्तमान अवस्था तथा प्रतिगामी षड्यन्त्रको विरोध गर्दै गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यका साथ प्रदर्शन गर्न लागेको मोर्चाले जनाएको छ ।
प्रदर्शनमा ‘समाजवादी मोर्चा, नेपाल जिन्दाबाद!’, ‘भ्रष्टाचारलाई कारबाही गर!’, ‘शिक्षकहरूको समस्या समाधान गर!’ जस्ता नारा प्रमुख रूपमा उठाइनेछन्। साथै, ‘प्रतिगामी षड्यन्त्र मुर्दावाद!’, ‘महँगी र कालोबजारी नियन्त्रण गर!’ जस्ता नाराहरूसमेत प्रदर्शनमा गुन्जाइने मोर्चाले जनाएको छ ।
मोर्चाले सुशासन कायम गर्न, बेरोजगारी समस्या समाधान गर्न, महिलामाथिको हिंसा अन्त्य गर्न र सहकारी तथा वित्तीय क्षेत्रका समस्याहरू समाधान गर्न सरकारलाई दबाब दिने बताएको छ। प्रदर्शनमा सहभागीहरू गणतन्त्रको रक्षा, भ्रष्टाचारविरुद्धको कारबाही, चर्को व्याजदर नियन्त्रण र श्रमिक वर्गका मुद्दाहरू उठान गर्नेछन्। प्रदर्शनका नाराहरु बुधबारको मोर्चाको बैठकले तय गरेको हो ।
बृहत् प्रदर्शनमा १ लाख जना समर्थकको सहभागिता रहने दाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण