दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’
बिहीबार, १४ चैत २०८१, ११ : ०९

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिकाले दलित समुदायलाई ‘व्यावसायिक सीपमूलक कार्यक्रम’ सुरु गरेको छ । न्यून आय भएकालाई आर्थिक रुपमा सक्षम, उद्यमशीलसँगै आत्मनिर्भर बनाउन कार्यक्रम थालेको हो ।
गाउँपालिकाले दलित समुदायका सदस्यलाई आत्मनिर्भर बनाउन १५ दिने मुढा बनाउने तालिम सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । आर्थिक रुपमा कमजोर वर्गलाई पालिकाले आयआर्जनका विविध कार्यक्रममा सहभागी गराउन यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।
पालिकाले महिलाहरुलाई अचार बनाउने, ढाका बुनाइ, सिलाइकटाइ, बेमौसमी सागसब्जीखेती, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालनलगायत कार्यक्रम सञ्चालन गरिरहेको उपाध्यक्ष राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीद्धारा नारायणघाट–बुटवल सडकको निरीक्षण, चाँडो निर्माण सम्पन्न गर्न निर्देशन
-
करेन्ट लागेर एक जनाको मृत्यु
-
विद्युत् प्राधिकरणमा ‘चोर आतंक’
-
कैलालीमा बस र माइक्रो ठोक्किँदा १० जना घाइते
-
‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण