सवारी दुर्घटनामा ६ जनाको मृत्यु
बिहीबार, १४ चैत २०८१, १२ : ३६

काठमाडौँ । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- अर्घाखाँची, शितगंगा नगरपालिका-२ भुवनपाटास्थित सडकमा लु.२ ख ३०३ नम्बरको बस अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बस चालक नवलपरासी पश्चिम बर्दघाट बस्ने ५० वर्षीय मदन कुमार विक, बसमा सवार रुपन्देही बुटवल उपमहानगरपालिका-८ बस्ने ५५ वर्षीया जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने ५० वर्षीया उमा न्यौपाने र ६५ वर्षीया गायत्री न्यौपानेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २४ जनाको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचार भइरहेको छ ।
- महोत्तरी, सोनमा गाउँपालिका-६ स्थित सडकमा बिआर ३० एसी २३६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-६ कतरवा टोल बस्ने ५५ वर्षीय किसुनदेव यादवको घटनास्थलमै मृत्यु भएको छ ।
- रुपन्देही, बुटवल उपमहानगरपालिका-१० स्थित सडकमा बागमती प्रदेश-०१-०३१ च ५००२ नम्बरको कारमा लु.३६ प ८४४० नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका-२ बस्ने ६० वर्षीय खेम राज पाठकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना
-
कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?
-
साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने
-
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी