ग्यालेक्सी हमलाबारे पहिलो पटक सलमानले भने- जीवन जति दिन लेखिएको छ त्यति नै हुन्छ
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानलाई कैयौं महिनादेखि ज्यान मार्ने धम्की आइरहेका छन् ।
केही महिनाअघि उनको घरमा गोली पनि चलेको थियो । घरमा भएको गोलीबारीबारे अभिनेताले पहिलो पटक खुलेर बोलेका छन् । लरेन्स बिश्नोई गिरोहबाट ज्यान मार्ने धम्की आइरहेकोले सुरक्षा बढाएको र आफ्नो आवतजावत पनि कम गर्नुपरेको उनले बताए ।
सलमान खानको आउजाउ भयो कम
सलमान खान यतिखेर आफ्नो आगामी फिल्म 'सिकंदर'को प्रचारमा व्यस्त छन् । यस सम्बन्धमा उनले बुधबार मिडियासँग कुराकानी गरेका थिए । कुराकानीका क्रममा सलमानलाई सुरक्षा बढाएकोबारे प्रश्न सोधिएको थियो । यसबारे सलमानले सुरक्षाका कारण दैनिक काममा समस्या भएको बताए । ‘सुरक्षाको बारेमा म केही गर्न सक्दिनँ । सुटिङको समयमा, म ग्यालेक्सीबाट सुटिङका लागि जान्थेँ र सुटिङबाट ग्यालेक्सीमा फर्कन्थेँ ।’ तर धम्की आउनुभन्दा पहिले सलमान कुनै सुरक्षाविना सडकमा साइकल चलाएका देखिन्थे ।
एक सामूहिक अन्तर्वार्तामा सलमानलाई उनी आफ्नो सुरक्षाबारे चिन्तित छन् कि छैनन् भनेर सोधिएको थियो । जवाफमा अभिनेताले, ‘भगवान्, अल्लाह सबैभन्दा माथि छन् । जति उमेर लेखेर ल्याएको छ, बस उति नै हुन्छ । कहिलेकाहीँ धेरै मानिसलाई साथमा लिएर हिँड्नुपर्छ, बस यही समस्या भइदिन्छ ।’
सलमानको घरमा चलेको थियो गोली
अप्रिल २०२४ मा लरेन्स बिश्नोई गिरोहका दुई जनाले सलमानको घर बाहिर गोली चलाएका थिए । यसपछि सलमानको घरको बाल्कोनीमा बुलेटप्रुफ सिसा हालिएको थियो र घरबाहिर सीसीटीभी क्यामेरा पनि जडान गरिएको थियो । दुई महिनापछि नवी मुम्बई पुलिसले मुम्बई नजिकैको पनवेलमा रहेको उनको फार्महाउसमा गएको वेला अभिनेताको हत्या गर्ने षड्यन्त्र पत्ता लगाएको दाबी गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण