किन भारत आउँदैछन् भ्लादिमिर पुटिन ?
नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चाँडै भारतको भ्रमणमा आउँदैछन् । बिहीबार यो खबरको पुष्टि रुस नै गरेको हो । गत वर्ष रुस भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनलाई भारत भ्रमणको निम्तो दिएका थिए । २०२२ मा युक्रेनसँग युद्ध सुरु भएपछि पुटिनको यो पहिलो भारत भ्रमण हुनेछ ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पुटिनको भारत भ्रमणको तयारी भइरहेको बताए । तर पुटिन कहिले भारत आउन लागेका हुन् भनेर चाँहि उनले तोकेर भनेनन् । लाभरोभले भने, ‘राष्ट्रपति भ्लादिमिर पुटिनले भारतका सरकार प्रमुखबाट भारत भ्रमणको निमन्त्रणा स्वीकार गरेका छन् ।’ लाभरोभले भने, ‘मोदी तेस्रो पटक निर्वाचित भएपछि आफ्नो पहिलो विदेश भ्रमणको लागि रुस रोजेका थिए र अब हाम्रो पालो हो ।’
दुई नेताबिच युक्रेन युद्धबारे छलफल हुनेछ । यसबाहेक, दुई नेताहरूले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछिको भूराजनीतिक उथलपुथलको बारेमा पनि छलफल गर्न सक्नेछन् । मोदीले बारम्बार पुटिनलाई यो युद्धको युग होइन भनेर भन्दै आएका छन् । युक्रनले युद्धमा आफू तटस्थ रहेको बताउँदै आएको छ । भारतले रुसको निन्दा गर्ने संयुक्त राष्ट्र संघको प्रस्तावबाट आफूलाई टाढा राखेको थियो । उसले सार्वजनिक रूपमा पुटिनको आलोचना गरेको छैन ।
भारतले रुससँग बलियो सम्बन्ध कायम राखेको छ भने युक्रेनसँग पनि सम्बन्ध कायम राखेको छ । प्रधानमन्त्री मोदीले २०२४ मा रुस र युक्रेनको भ्रमण गरेका थिए । यस क्रममा उनले दुवै देशका राष्ट्रपतिलाई भेटेका थिए । मोदी अक्टोबरमा ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुसको कजानको पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण